अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार कायम

बिआरटीनेपाल २०७७ असार ८ गते ६:२८ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो । विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, हिजोको दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार भने ठप्प जस्तै छ ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू