अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

नागरिकता ऐन संशोधनविरुद्ध विभिन्न स्थानमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०८ मा प्रकाशित

विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको नागरिकता ऐन संशोधन प्रस्तावविरुद्ध विभिन्न जिल्लाहरुमा आइतबार प्रदर्शन गरिएको छ । प्रदेश २ को जनकपुर, राजविराज, गौर, जलेश्वर र मलगंवामा प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रदर्शन गरेका हुन् ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट आइतबार पारित भइसकेको छ । उनीहरुले नागरिकता ऐन संशोधनमा समेटिन लागेको विदेशी बुहारीसम्बन्धी प्रावधानको विरोध जनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू