अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

भारी बर्षापछि कालीगण्डकी नदीमा पानीको सतह उच्च विन्दुमा, किनाराका बस्तीहरु जोखिममा

बिआरटीनेपाल २०७७ असार ५ गते २३:२९ मा प्रकाशित

लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीमा शनिबार पानीको सतह उच्च विन्दुमा पुगेको हो । गएरातिदेखि निरन्तरको वर्षासँगै आएको बाढीका कारण पानीको सतह ह्वात्तै बढेपछि कालीगण्डकी किनारका बस्तीहरु जोखिममा परेका छन् ।

पर्वतका जलजला स्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको वहावका कारण जोखिममा परेका छन् । नदीमा बहाब बढेका कारण सचेत हुन प्रशासनले सर्वसाधाणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू