अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

नागरिकताबारे दलीय सहमति जुटाउन सरकारद्धारा ५ दिनको समय माग

बिआरटीनेपाल २०७७ असार ३ गते ७:१९ मा प्रकाशित

वैवाहिक अंगीकृत नागरिकताबारे राज्य व्यवस्था समितिमा पेश गरिएको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहमत नभएपछि सरकारले पाँच दिनको समय मागेको छ । कांग्रेस संविधानको पुरानै व्यवस्थाअनुसार नागरिकता दिनुपर्ने पक्षमा उभिएपछि बुधबार बसेको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले दलीय सहमति आवश्यक भएको भन्दै पाँच दिनको समय माग्नुभएको हो ।

गृहमन्त्री थापाले गृहमन्त्री थापाले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने भन्दै समय माग्नुभएको बताईएको छ । नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउन सरकारले समय मागेपछि समितिका सभापति शशी श्रेष्ठले पाँच दिनभित्र सहमतिका साथ आउन समय प्रदान गर्नुभएको छ । सरकारले आउँदो आइतबारसम्ममा यसबारे सहमति जुटाउनु पर्नेछ ।

मंगलबारको बैठकमा सभापति श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह भएको सात वर्षपछि नागरिकता दिने प्रस्ताव पेश गर्दै बहुमतबाट भएपनि पारित गर्ने प्रयास गर्नुभएको थियो । तर कांग्रेसले यसबारेमा पार्टीमा छलफल गर्न समय मागेपछि बैठक बुधबारका लागि सारिएको थियो । तर कांग्रेस नेताहरुले पुरानै व्यवस्थामा उभिन सांसदहरुलाई निर्देशन दिएपछि बुधबारको बैठकमा सहमतिका लागि भन्दै सरकारले समय मागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू