अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक

बिआरटीनेपाल २०७७ असार ३ गते ७:०६ मा प्रकाशित

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक भएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माले एक विज्ञप्ति जारी गर्दै एसएमएस प्रणाली ह्याक भएको र गलत सूचना प्रवाह भएको पाइएको जानकारी दिनुभयो ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको पाइएको छ ।’

मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नगरिएको जनाएको छ । मन्त्रालयले ह्याकिङको विषयमा अनुसन्धान कार्य शुरू गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू