अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असार २ गते १:०४ मा प्रकाशित

गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा ४, गोरखामा १०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २, कास्कीमा १ र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले नयाँ संक्रमित थपिएको पुष्टि गर्नुभएको हो । भारतबाट फर्किएका संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू