अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

सरिता गिरी पार्टी र सांसदबाट निस्कासित

बिआरटीनेपाल २०७७ असार १ गते ७:११ मा प्रकाशित

समाजवादी पार्टीले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्यबाट निस्कासित गरेको छ ।समाजवादीले गिरीलाई सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसदबाट हटाउने निर्णय गरेको हो। समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् । पार्टीको निर्णय विपरीत कार्य गरेकोले राजपाले गिरीलाई सांसदबाट हटाएको हो । संविधान संशोधनमा गिरी पार्टीको निर्णय विपरीत प्रस्तुत भएकी थिइन् ।

पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्शा कार्यान्वयनको लागि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियोे । जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो ।

गिरी भने पार्टी ह्वीप विपरीत संविधान संशोधनको विपक्षा उभिएकी थिइन्। सरकारले संविधान संशोधन विधेयक ल्याएपछि गिरीले त्यसलाई खारेज माग गर्दै प्रस्ताव दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय