अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय नाघ्यो, थप ६ सय २९ जनामा सङ्क्रमण

बिआरटीनेपाल २०७७ असार १ गते ७:०३ मा प्रकाशित

नेपालका कोरोना संक्रमितको संख्या १० हजार ७ सय नाघेको छ । विगत २४ घण्टा यता नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएसंगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय १० महिला र ५ सय १९ जना पुरुषका संक्रमण फेला परेको हो ।

हालसम्म २ हजार ३ सय ३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार देशका ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना सङ्क्रमण भएको हो । हालसम्म नेपालमा २४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा आजसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । आज १ सय १४ जना सङ्क्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू