अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

पर्वत पहिरोमा मृत्यु भएका ८ जनाको सामूहिक अन्तेष्टि गरिने

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:०३ मा प्रकाशित

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शवको सामूहिक अन्तेष्टि गरिने भएको छ । शनिवार रातीको वर्षा सँगैको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको छ भने एक जना वेपत्ता छन् । वेपत्ता रहेका जेनिस विकको खोजी भइरहेको छ ।

पहिरोमा परि मृत्यु भएका ५८ वर्षका तुलबहादुर थापा, ५७ वर्षका मीनाकुमारी थापा, ३४ वर्षका दिर्पा थापा, १४ वर्षका विवेक थापा, चार वर्षका विविसा थापा, ११ वर्षका सम्राट थापा, ३० वर्षका कमला विक र ८ वर्षका प्रमिसा विकको सामूहिक अन्तेष्टि गरिने कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । मृतक सबैको शव पर्वत अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू