अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

स्थानिय प्रशासनद्धारा काठमाण्डौ प्रवेशमा थप कडाइ

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ७:०५ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ प्रवेशको लागि थप कडाइ गरेको छ । जिप्रकाले सूचना निकालेर काठमाण्डौ प्रवेशको लागि काठमाण्डौको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाण्डौ जिप्रकामा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ ।

काठमाण्डौभित्रको पास रद्द गरिएको छ । काठमाण्डौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र काम खुलाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू