अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

नक्सा संसदबाट पारित गरेकोमा विप्लवद्वारा सरकारको प्रशंसा

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ६:५५ मा प्रकाशित

भारतद्धारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा प्रतिनिधिसभाबाट पारित गरेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गर्नुभएको छ ।

आइतबार एक विज्ञप्ती निकाल्दै विप्लवले नक्सा जारी गर्ने र पारित गराउने कदमको प्रशंसा गर्नुभएको हो । विप्लवद्धारा जारी बिज्ञप्तिमा सरकार र संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको उल्लेख छ ।

साथै, नक्सा मात्रै सार्वजनिक गरेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू