अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:४० मा प्रकाशित

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालयको अनुसार नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेका छन् ।

पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी महिला, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू