अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

बिआरटीनेपाल २०७७ जेठ २८ गते ७:१७ मा प्रकाशित

सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७– ०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गर्नुभएको थियो । जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गर्दा प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संसद्मा पेश गर्नुभएको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ ।

सरकारका कतिपय कार्यक्रमलाई लिएर सत्तारुढ दलका सांसदहरूले आलोचना गरेका थिए । मन्त्रीहरूले जवाफ दिएपछि बजेटमाथिको छलफल मंगलबार मात्रै सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू