अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

दलित सांसदको नेतृत्वमा रुकुम घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने काँग्रेसको माग

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुममा भएको दलित युवाको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । कांग्रेसले उक्त घटनालाई कमजोर बनाउनका लागि गृहमन्त्रालयले समित गठन गरेको र जाजरकोटमा सत्तापक्षकाले आर्थिक चलखेल गरेको दाबी गरेको गर्दै यस्तो माग गरेको हो ।

कांग्रेसले सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेको हो । प्रतिनिधिसभाको आजको बैठकमा ढ्यापढ्यापे समय मागेर कांग्रेसका पक्षबाट बोल्दै सांसद मानबहादुर विश्वकर्माले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गर्नुभयो ।

घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेमा कठोर कदम चाल्ने सांसद विश्वकर्माले चेतावनी दिनुभयो । रुकुमको मल्ल थरक युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवालाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू