अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

कोरोना महामारीसँग लड्नका लागि सरकारको पाँच अर्ब रुपैयाँ निकासा

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२१ मा प्रकाशित

सरकारले कोरोना महामारीसँग लड्नका लागि पाँच अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले चालु आर्थिक वर्ष भित्रै कोरोना रोकथामसँग सम्बन्धीत सामग्री खरिदका लागि ५ अर्ब रकम निकासा गरिएको बताउनुभयो ।

उहाँले कोरोना परीक्षणका लागि आवश्यक सामग्रीहरुको मौज्दात सरकारसँग रहेको भन्दै आगामी आर्थिक वर्षमा सरकारले कोरोनासँग सम्बन्धीत आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए ।

जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताउनुभयो । आगामी आर्थिक वर्षमा सरकारले कुल बजेटको करिब ६ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन हुनु ठूलो उपलब्धी रहेको समेत दावी गर्दै एकै वर्षमा १०÷११ प्रतिशत बजेट छुट्याउन सम्भव नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू