अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

काम गर्न नपाउँदा मानसिक तनाव उत्पन्न हुने भन्दै सचेत रहन विज्ञको आग्रह

बिआरटीनेपाल २०७७ जेठ १२ गते ७:३८ मा प्रकाशित

लामो समयसम्म घर भित्रै बस्नुपर्दा र आफूले गर्दै आएका कामहरु गर्न नपाउँदा यो समयमा मानसिक तनाव उत्पन्न हुने तर्फ सचेत रहनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । कोभिड १९ को त्रासको यो समयमा खान मन नालग्ने, घरका काममा पनि मन नजाने, सञ्चो नभएजस्तो हुने चिन्ता लाग्ने जस्ता समस्या हुन सक्छन् ।

यस्तो बेलामा परिवारका सदस्यहरुसंग आफ्नो कुरा सुनाउने, घरका काम मन लगाएर गर्ने, गितसंगित सुन्ने, जस्ता काम गरे मात्रै पनि मानसिक तनावबाट मुक्ति पाउन सकिने डाक्टरहरु बताउँछन् । मनोचिकित्सक डा कपिल उपाध्यायले सकारात्मक सोच्ने र चिन्ता नगर्ने गर्दा तनाबबाट बच्न सकिने बताउनुभयो । यो समयमा आफ्नो र आफ्नो परिवारका सदस्यको ख्याल राख्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू