अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

बिआरटीनेपाल २०७७ जेठ ८ गते २१:५९ मा प्रकाशित

आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो पूर्व र मध्य क्षेत्रमा पानी पारेको अंपुन चक्रवातको प्रभाव अहिले कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली र स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य र पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना छ । यसैबीच पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको छ ।

अघिल्लो शुक्रबार ३६ दशमलव ८ डिग्री सेल्यिस मापन गरिएको नेपालगन्जको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अघिल्लो शुक्रबार २४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।

यसैगरी तापक्रम बढेर भैरहवामा ३६ दशमलव ५ डिग्री, पोखरामा ३२ दशमलव २ डिग्री सेल्सियस र काठमाडौंमा ३० डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । अब पानी पर्न कम भएसँगै विस्तारै तापक्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू