अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

डोल्पामा छिमेकीलाई विष खुवाएर मार्ने ३ जना पक्राउ

बिआरटीनेपाल २०७७ जेठ ८ गते ७:४७ मा प्रकाशित

डोल्पामा विष खुवाएर मान्छे मार्ने ३ जना पक्राउ परेका छन् । गत जेठ २ गते विष राखेको खाना खाँदा एकै परिवारका एकजनाको ज्यान गएको थियो भने दुईजनाको गम्भीर विरामी भएका थिए । गम्भीर भएकाहरुको हाल उपचार भइ रहेको छ ।

स्थानिय त्रिपूरा सुन्दरी नगपालिका १ रल्लीका ३२ वर्षीय शुकलाल कुलालको विष राखेको खाना खाँदा मृत्यु भएको थियो । चैत्र २ गते राति शुकलालकै घरमा खानामा विष राखेर खुवाउने त्रिपूरा सुन्दरी नगरपालिका १ रल्लीका ४१ वर्षीय ओमबहादुर शाही, सोहि वडा गल्ली ३० वर्षीय जयबहादुर कठायत र सोही वडाका ३७ वर्षीय धन बुढालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार उनीहरु ले शुकलाल कुलालको परिवारलाई ज्यान मर्ने उद्देश्यले डोल्पाकै पाटनमा पाइने विष खानामा मिलाएर खुवाएको भन्ने प्रमाणसहित प्रहरीले प्रक्राउ गरेको हो ।

विष सेवनबाट शुकलाल कुलालको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु शंकास्पद देखिएपछि पक्राउ गरेको र उनीहरुको साथबाट विषको बोटसहित विष घोलिएको बोतल र अन्य सामगी समेत बरामत भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू