अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

मंगलबारदेखि शेयर बजार नियमित सञ्चालन हुने

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५४ मा प्रकाशित

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मंगलबारदेखि नियमित सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिम कम गर्न देशमा लकडाउन गरिएसँगै बन्द भएको शेयर बजार मंगलबारदेखि खुल्ने भएको हो ।विगत ५० दिनदेखि बन्द रहेको शेयर बजार मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू