अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

बन्दाबन्दीका कारण उद्योगी, व्यापारी समस्यामा, सरकार समक्ष प्रतिवेदन पेश

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:१६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा नेपाली उद्योग व्यवसाय क्षेत्रका छाता सङ्गठनहरूले नेपाल सरकारलाई कोरोना भाइरसको महामारीका कारण नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय तथा रोजगारीमा पर्ने प्रभाव सम्बधमा सुझाव प्रतिवेदन बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर लगायत नेपाल च्याम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, होटल सङ्घ नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई सुझाव प्रतिवेदन बुझाएका हुन् ।

उद्योगीहरूले लकडाउनमा बन्द भएको उद्योगमा कार्यरत मजदुरहरूको तलब अधिकतम ५० प्रतिशत दिने निर्णय पनि गरेका छन् । अहिलेको जटिल परिस्थितिमा सरकार, रोजगारदाता र श्रमिकहरुले आपसी समझदारी र सहकार्यबाट मात्र नेपालको अर्थतन्त्रलाई जोगाउन सकिने यथार्थलाई समेट्दै देशको अर्थ तथा श्रम बजारलाई कसरी अघि बढाउने र यसमा देखिएका समस्याहरुलाई कसरी आपसी हितका आधारमा हल गर्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू