अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे पुर्व प्रधानमन्त्रीहरुको छलफल

बिआरटीनेपाल २०७६ चैत २३ गते ७:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधान मन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गर्नुभएको छ ।

सभापति देउवाले आज पुष्पकमल दाहाल प्रचण्ड, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले टेलिफोनमा कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्नेबारे कुराकानी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू