अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

क्वारेन्टाइनमा बसेकाको कोभिड–१९ परीक्षण गर्ने तयारी सुरु

बिआरटीनेपाल २०७६ चैत २३ गते ७:०७ मा प्रकाशित

सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी सुरु गरेको छ । हिजो कैलालीमा स्थानीय संक्रमित देखिएपछि सरकारले लकडाउनमा कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाउने तथा कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोष्टिक टेष्ट गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको जनाइएको छ । यसबारे थप रणनीति तय गर्न आज उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ । यसका लागि अहिले हरेक स्थानीय तहले भारतबाट आएका नागरिकको तथ्यांक संकलन गरिरहेको ति जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

तर र्यापिड टेष्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मान्यता दिएको छैन । अहिलेको ल्याबले दिनमा १२ देखी १५ वटा भन्दा टेष्ट गर्न नसक्ने भएकाले र्यापिड टेष्टमा जाने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू