अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न शिक्षामन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:२५ मा प्रकाशित

अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षासचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीयसचिव पुरन केसीले जानकारी दिनुभयो ।

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या ५८ हजार छ । कोरोनाभाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू