अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

कृषि क्षेत्रका लागि सरकारले बिशेष योजना ल्याउने

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:१३ मा प्रकाशित

सरकारले कोभिड १९ कारण कृषि क्षेत्रमा परेको असरको लेखाजोखा गरी विशेष कार्यक्रम ल्याउने भएको छ । कृषि तथा पशुपञ्छी मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षती अध्ययन गरेर आवश्यक राहत कार्यक्रम ल्याउने बारेमा छलफल भइरहेको मन्त्रालका प्रवक्ता डाक्टर हरिबहादुर केसीले बताउनुभयो । कृषि तथा पशुपञ्छी मन्त्रालयका अनुसार कोभिड १९ का कारण अहिलेसम्म सबैभन्दा बढी पोल्ट्री फर्ममा क्षेती पुगेको छ भने त्यसपछि क्रमशः दुग्ध व्यवसाय र तरकारी क्षेत्रमा परेको छ ।

यसैबीच कोरोना भाइरसको प्रभावबाट कृषि क्षेत्रलाई जोगाउनका लागि आवश्यक कदम चाल्न सरोकारवाला निकाय र व्यक्तिले माग गरेका छन् । कृषि क्षेत्रका विज्ञ, लेखक, पत्रकार र पूर्वप्रशासक तथा मानवअधिकारकर्मीको एउटा समूहले पछिल्लो दुई सातामा किसानले उत्पादन गरेका तरकारी, दुध, अण्डा जस्ता वस्तु बजार पुर्याउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै सरोकारवालालाई ११ बुँदे सुझाव पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू