अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

सबै किसिमका बिरामीको उपचारका कमी हुन नदिन न्याम्स पदाधिकारीलाई मन्त्री ढकालको निर्देशन

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:४४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिनेक्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । मन्त्री ढकालले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताउनुभयो ।

न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताउनुभयो । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिनुभयो । यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू