अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

सीमामा अलपत्र परेका नेपालीलाई देश नल्याउनुको कारण पेश गर्न सर्वोच्व को आदेश

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४३ मा प्रकाशित

सर्वोच्व अदालतले महाकालीपारि धार्चुला लगायतका सीमाबाट नेपाल आउन चाहने नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै परेको रिटमा कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । लकडाउनका बेला नेपाल–भारत सीमाबाट आवतजावत बन्द भएपछि भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै उनीहरूलाई प्रवेश दिनुपर्ने जिकिरसहित अधिवक्ता मनिषकुमार श्रेष्ठले रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले रिटका दुवै पक्षलाई २४ गते छलफलमा बोलाएको छ। दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने बताईएको छ । यसअघि अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सीमा बन्द गर्ने र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय विरूद्ध रिट दर्ता गर्नुभएको थियो । उक्त रिटमा पनि छलफल सुनेर मात्र अन्तरिम आदेश दिने सर्वोच्चले जनाएको थियो।

मंगलबार दार्चुलापारिको धार्चुलामा नेपाल आउन चाहने नेपालीले प्रवेशको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले बरू आफ्नो देश गएर क्वारेन्टाइनमा बस्ने तर नेपाल आउन दिनुपर्ने बताउँदै आएका छन् । तीमध्ये तीन जना त महाकाली पौडेर दार्चुला प्रवेश गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। बाँकीलाई भने सरकारले भारतमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने बताएको छ।

विश्वभर फैलिएको कोरोना संक्रमणलाई रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि नेपालभारत सीमामा अत्यावश्यक सामग्रीका मालवाहक गाडी बाहेक अन्यको आवतजावतमा रोक लगाएको छ। नेपालमा कोरोनाको दोस्रो संक्रमित व्यक्ति भेटिएपछि मुलुकभरि १५ दिन लकडाउन गर्ने घोषणा पनि सरकारले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू