अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

प्रदेश २ सरकारले गरिब र मजदुरलाई भोजन उपलब्ध गराउने

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:३५ मा प्रकाशित

प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले यादवले जानकारी दिनुभयो ।

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि वीरगञ्ज महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ ।

यसका लागि प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू