अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

कतार एयरवेजले नेपालबाट गर्यो ६ सय ८ युरोपेली नागरिकको उद्धार

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३४ मा प्रकाशित

विश्वव्यापी कोरोनाभाईरस महामारीको संक्रमण फैलन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेको पाँचै दिन, १५ चैतमा कतार एयरवेजले यहाँ अडकिएका युरोपेली नागरिकको उद्धार उडान गरेको छ । शनिबार कतारवेजले दुई उडानबाट ६०८ जना जर्मनी र युरोपेली युनियन (इयु) अन्तर्गतका बिभिन्न देशका नागरिकको उद्दार उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार ती पर्यटक लिन शनिबार बिहान १०– १५ मा आएको कतार एअरवेजको जहाज ११–३० मा फर्केको छ भने उसकै अर्को जहाज ११ बजे आएर १२– ३० मा फर्केको छ । दुईमध्ये पहिलोले ३०३ जना र दोस्रोले ३०५ जना यात्रु लिएर उडेका थिए ।

यसअघि सगरमाथा क्षेत्रमा अड्किएका पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरि नेपाल एअरलाईन्स तथा समीट एअरका झण्डै १० वटा उडानबाट आजै बिहान काठमाण्डौ लगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू