अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

काठमाण्डौं महानगरपालिकाद्धारा किटनाशक औषधी छर्कन शुरु

बिआरटीनेपाल २०७६ चैत १३ गते ५:१३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो । सार्वजनिक बाटो, चोक, पसलका सटरहरुमा केमिकल पानी छर्किएको महानगरपालिकाका प्रहरी प्रहरी नायव निरिक्षक अजम्बर श्रेष्ठले जानकारी दिनुभयो ।

१ हजार लिटर लिटर क्षमताको ट्याङ्कीमा केमिकल पानी भरेर सहरका भित्री स्थानहरुमा छर्किएको छ । महानगरपालिकाले आजदेखि ४ वटा गाडीबाट यो काम गरेको महानगरपालिकाका प्रहरी नायव निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सधैँ विदेशी पर्यटकको भीड हुने ठमेल क्षेत्र यतिबेला सुनसान रहेको छ । फाट्टफुट्ट मात्र पर्यटकहरु पनि हिँडिरहेका देखिन्छन् । उक्त क्षेत्रमा पनि खाद्य सामग्री पसल बन्द छ भने ठमेल क्षेत्र विकास परिषद्ले त्यस क्षेत्रका बासिन्दालाई खाद्य वस्तु तथा पानी खरिदका लागि सहयोग गरिरहेको ठमेल पर्यटन परिषदका अध्यक्ष प्रकाश नर्सिग राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू