अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

राजेश पायल राईको आवाजमा “आँखाको नानी सोल्टिनी”

बिआरटीनेपाल २०७६ चैत ११ गते २०:५९ मा प्रकाशित

नेपाली गीत सङ्गीतमा निकै रुचाइएका गायक राजेश पायल राई र गायिका कल्पना तामाङको आवाजमा रहेको ”आँखाको नानी सोल्टिनी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेम भावहरू सार्वजनिक गीतका शब्दहरूमा रहेको छ । जीवनका कठिन परिस्थितिमा साथ दिने प्रेमिल जोडीको मनको वहहरूलाई गीतमा समेटिएको छ । माया श्रेष्ठको शब्द तथा मनोज सामसोङ राईको सङ्गीत तथा एरेन्ज र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

रामकृष्ण कँडेलको छायाङ्कन तथा विश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य निर्देशन भिडियोमा रहेको छ । “आँखाको नानी सोल्टिनी” गीतको भिडियोमा कला राई, गोविन्द लामा, मिलन तामाङको फिचरिङ रहेको छ ।

भिडियो

प्रतिक्रिया