अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

मुलुकभर प्रमुख शहरमा बैंकहरुद्वारा एउटा शाखा खुला, ‘एटीएम’ देशैभर बन्द नहुने

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:१८ मा प्रकाशित

‘लकडाउन’को समयमा पनि मुलुकका प्रमुख शहरहरुमा विभिन्न बैंकहरुले आफ्ना एउटा शाखा खुला राखेका छन् । कर्मचारीको सुरक्षालाई समेत ध्यानमा राखेर बैंकहरुको एक÷एक शाखा खोल्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

‘एटीएम’ भने देशैभर खुला रहने राष्ट्र बैंकले जनाएको छ । अत्यावश्यक कारोबार नरोक्न विभिन्न बैंकका शाखा उपत्यकामा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले उपत्यकाबाहिरका बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू