अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

कोरोना संक्रमित युवती चिकित्सक परिवारकै सदस्य रहेको खुलासा – तेस्रो परीक्षणमा भेट्टियो कोरोना

बिआरटीनेपाल २०७६ चैत १० गते ९:०८ मा प्रकाशित

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी नेपाली युवती चिकित्सककै परिवारकी सदस्य रहेको तथ्य खुलेको छ । यही चैत ४ गते नेपाल आएलगत्तै होम क्वारेन्टाइनमा रहेकी १९ बर्षीया ती युवतीमा पहिलो र दोस्रो स्वाब टेष्ट नेगेटिभ देखिएको थियो ।

युवतीलाई तेस्रो पटकको परीक्षणबाट मात्रै कारोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । होम क्वारेन्टाइनमा बसेकी युवतीलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिए पनि अभिभावकले नै अस्पताल पुर्याएका थिए । चैत ४ गते फ्रान्सबाट काठमाडौं आइपुगेकी १९ वर्षीया युवती घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना पोजेटिभ देखिएको जानकारी गराउनु भएको थियो । उनको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू