अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

हवाइजहाजको भाडा घट्यो

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:०५ मा प्रकाशित

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले भाडादर घटाएको छ । हवाइ यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादर घटाएको घोषणा वायुसेवा प्रदायक कम्पनीले गरेका हुन् ।निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक छन् ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द गराएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गरिदिन आग्रह गर्नुभएको थियो ।पर्यटनमन्त्रीको आग्रहबमोजिम वायुसेवा कम्पनीले आज नयाँ भाडादर कायम गरेका हुन् ।

कम्पनीले विज्ञप्ति जारी गर्दै कायम गरेको भाडादर अनुसार काठमाडौँदेखि विराटनगरको पाँच हजार ५०० कायम गरिएको छ । यो गन्तव्यका साविक अधिकतम भाडादर सात हजार ८७८ थियो । भद्रपुरको साविक ९ हजार ८०० रहेकामा अहिले ६ हजार २०० निर्धारण गरिएको छ ।

त्यस्तै नेपालगञ्जका लागि ६ हजार ३०० कायम भएको छ भने पहिला १० हजार ६२० थियो । धनगढीको १४ हजार १२४ रहेकामा अहिले ७ हजार ९०० बनाइएको छ । पोखराको ५ हजार २७२ रहेकामा नयाँ भाडादर ३ हजार ७०० कायम गरिएको छ ।

भैरहवाको पहिला ६ हजार ७८१ रहेकामा अहिले ४ हजार ९०० कायम गरिएको छ । साविक ६ हजार ५४० भाडादर रहेको राजविराजको४ हजार २०० निर्धारण गरिएको बुद्धएयरले जनाएको छ । यो भाडादर लामोदूरीको बस सञ्चालनरुपले सञ्चालन नहुँदासम्म लागू गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू