अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

स्वरूपराजको स्वरमा आयो प्रवासी मनको गीत

बिआरटीनेपाल २०७६ चैत २ गते ११:५७ मा प्रकाशित

ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा “मलाइ परदेशी नभन” बोलको राष्ट्रिय भावना ओतप्रोत गीत हालै म्युजिक डायरीको यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शब्द रचनामा सुवास भुसालले सङ्गीत गरेको गीतलाई पुरुषोत्तम सुबेदीले सङ्गीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ काठमान्डु स्थित अकस्टिक नेपाल स्टुडियोमा गरिएको हो ।

देश विदेशबाट माया प्रेमका गीतहरू त दिनदिनै जसो आइरहेछन् तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावनाका गीतहरू अल्लि कम नै बन्ने गरेको सन्दर्भमा प्रवासमा बसेर आफ्ना भोगाइ र अनुभूतिहरू समेटेर आफूहरूलाई यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउँछन् गीतकार चन्द्र गिरी। अर्का गीतकार बस्ताकोटीका अनुसार विभिन्न परिवेशले गर्दा आफू जन्मेको भूगोलभन्दा पर रहे पनि भावना भरी देशको माया बोकी हिँड्ने लाखौँ प्रवासी मनको कुरा यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको छ । यो गीतले परदेशबाट घर देश सम्झाउँदै प्रवासी श्रोताहरूको मनमा एक किसिमको नोस्टाल्जिया पैदा गर्ने कुरामा गीतकार द्वय आशावादी छन् ।

पेसाले बाताबरणविद गीतकार द्वय गिरी र बस्ताकोटीको सहलेखनमा यो दोस्रो गीत हो । “तिमी सुनन ” बोलको पहिलो गीत मेलिना राईले गाउनु भएको थियो। देश विदेशका विभिन्न सन्दर्भहरूलाई जोडेर बनाइएको र विदेशमा बस्ने हरेक नेपालीले र नेपालमा बस्ने उहाँहरूका आफन्तहरूले सुन्नै पर्ने गीतको भिडियो तलको लिङ्कमा हेर्न सकिन्छ:

प्रतिक्रिया