अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०२ मा प्रकाशित

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा राउत आज दिउसो चार हजार धरौटीमा रिहा हुनुभएको हो । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेका आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश दिनुभएको थियो । आस्था राउतलाई चार दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै दिईएको थियो ।

तर त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो । गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले सात दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले चार दिनको आदेश जारी गर्नुभएको थियो । तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो र त्यसैका आधारमा आज जिल्ला प्रशासन कार्यालयमा गायिका राउतविरुद्ध अभियोगपत्र पनि दायर भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू