अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

हाम्रो माग पूरा नगर्न उर्जामन्त्री पुनले मुख्य भूमिका खेले – बहिर्गमित जनमुक्ति सेना

बिआरटीनेपाल २०७६ माघ १० गते ७:३९ मा प्रकाशित

बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुमाथि लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजी र औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्न माग गरेको छ । उसले आफूहरुको माग पूरा नगर्नको लागि वर्तमान उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले मुख्य भूमिका खेलेको पनि आरोप लगाएको छ ।

यही माघ ९ र १० गते काठमाडौंमा सम्पन्न भएको चौथो राष्ट्रिय सम्मेलनबाट पारित निर्णय तथा आगामी कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालले उर्जामन्त्री पुनलाई बहिर्गमित लडाकुप्रति अनुदान नबन्न आग्रह गरेको छ ।

चौथो राष्ट्रिय सम्मेलनले विभिन्न ७ बुँदे माग अघि सारेको छ । उसले अघि सारेका मागमा बहिर्गमित जनमुक्ति सेनालाई लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचय–पत्र वितरण गरिनुपर्ने, तत्कालीन ने.क.पा. माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता–२०६३ बमोजिम “दुवै पक्ष १८ वर्ष वा सो भन्दा मुनिका बालबालिकालाई सैन्य बलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन् । यसरी प्रभावित बालबालिकाहरुको तुरुन्त उद्धार गरिनेछ र तिनीहरुको पुनः स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनेछ ।” भन्ने बुँदालाई तत्काल कार्यान्वयन गरिनुपर्ने रहेका छन् ।

उसले अघि सारेका थप मागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको बिद्येयकको बुँदा नं. ७ मुल ऐनको दफा १३ मा आयोगको काम, कर्तव्य र अधिकार (१) को (ज) मा उल्लेखित “बहिर्गमित लडाकुले प्राप्त गर्नुपर्ने परिपूर्ण तथा संरक्षणको लागि सिफारिस गर्ने” बुँदालाई पास गरि ऐन बनाईनुपर्ने, स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट आर्थिक प्याकेज दिइयोस् अथवा सो आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरिनुपर्ने पनि रहेका छन् ।

नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनुपर्ने र जनयुद्ध, जन–आन्दोलन, बहिर्ग्मित जनमुक्ति सेना नेपालको आन्दोलन, मधेश आन्दोलन तथा अन्य प्रगतिशील आन्दोलनका सम्पूर्ण घाईते तथा अपाङ्गहरुको औषधि उपचार सहित दीर्घकालीन व्यवस्था गरिनुपर्ने पनि उसको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू