अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

अन्नपूर्ण बेस क्याम्पमा हराएकाको खोजी कार्य तत्कालका लागि स्थगन

बिआरटीनेपाल २०७६ माघ १० गते ७:२९ मा प्रकाशित

अन्नपूर्ण बेस क्याम्पमा हराएकाको खोजी कार्य तत्कालका लगि स्थगन गरिएको छ । गत शुक्रबार उक्त क्षेत्रमा हिमपहिरो जाँदा हराएका ४ दक्षिण कोरियाली र ३ नेपालीको खोजी कार्य सरकारले औपचारीक रुपमै स्थगन गरेको हो ।

चार/ पाँच दिन देखि लगातार उद्धारमा खटिंदा पनि हराएकाहरुलाई फेला पार्न नसकिएको र मौसम बिग्रिदैं गएकाले उद्धारकार्य स्थगन गरिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने र अब जिवितै उद्धार गर्न सकिने अवस्था पनि नरहेकाले उद्धारकार्य रोक्ने निर्णय गरिएको बताईएको छ । मौसममा सुधार आएपछि छलफल गरेर थप प्रक्रिया अगाडी बढाइने घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू