अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

मैले ठगलाई झापड हाने– प्रदेश सभा सदस्य मनाङे

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०७ मा प्रकाशित

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूले ठगलाई झापड हानेको बताउनुभएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयमा प्रष्ट पार्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मंगलबार पोखरामा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटन समारोहमा उहाँले गुरुङलाई झापड हान्नुभएको थियो ।

मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । एन्फा अध्यक्ष गुरुङले बुधबार नै पत्रकार सम्मेलन गरेर सांसद मनाङेविरुद्ध प्रहरीमा उजुरी दिने बताए लगत्तै उहाँले पत्रकार सम्मेलन गरेर यस्तो बताउनुभएको हो ।

मनाङेले एन्फा अधयक्ष गुरुङले भ्रष्टाचार गरेको आरोपसमेत लगाउनुभएको छ । उहाँले आफूले दिएको झापड नै कानुन भएको समेत बताउनुभयो । पत्रकारको प्रश्नको जवाफ दिँदै मनाङेले आफू रावणतिरको परेकाले आफूलाई झापड हान्दा मज्जा आउनेसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू