अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

नेपाल– भारत सम्बन्धका हिसाबले आगामी दशक स्वर्णीम हुनेछ – भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:५१ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णीम दशक हुने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय सहयोगमा निर्मित विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) र २०७२ सालको भूकम्पमा परेर भत्केका घरहरुको पुनर्निर्माण परियोजनाको उद्घाटनपछि मोदीले उक्त कुरा बताउनुभएको हो ।

‘नयाँ वर्षको सुरुआतसँगै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णीम दशक हुने विश्वास छ,’ मोदीले भन्नुभएको छ । उहाँले पछिल्लो वर्षहरुमा नेपाल र भारतबीचको सम्बन्ध अभूतपूर्व प्रगति देख्न पाइएको र दुई देशबीचको साझेदारी तीव्र हिसाबले अघि बढिरहेको उल्लेख गर्दैै विभिन्न नयाँ क्षेत्रहरुमा समेत सहयोग सुरु भएको समेत बताउनुभयो ।

सम्बोधनका क्रममा मोदीले पछिल्लो पाँच महिनामा दोस्रो पटक दुई देशबीचको द्विपक्षीय परियोजनाको उद्घाटन हुनु नेपाल र भारत सम्बन्धको विस्तार तथा तीव्र विकासको प्रतीक भएको उल्लेख गर्नुभयो । साथै उनले नेपालको चौतर्फी विकासका लागि नेपालको प्राथमिकताका हिसाबले भारतले एउटा विश्वसनीय साझेदारको भूमिका समेत निभाउँदै आएको स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू