अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

परराष्ट्रमन्त्री ज्ञवालीसँग एमसीसी विवादबारे नेकपाको छलफल

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका गरेका हुन् ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिनुभयो । सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ ।

खासगरी अमेरिकाको इन्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेकपाभित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू