अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

स्ववियु सुनिश्चितताका लागि तत्काल रेक्टर नियुक्ति गर्न नेविसंघको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:३९ मा प्रकाशित

नेपाल विद्यार्थी संघका स्ववियु पक्षधर विद्यार्थीको टोलीले स्ववियु निर्वाचनको प्रमुख निर्वाचन आयुक्तका रुपमा रहने रेक्टर तत्काल नियुक्त गर्न उपकुलपतिको ध्यानाकर्षण गराएको छ । उपकुलपतिकै कार्यकक्षमा पुगेर आइतबार उनीहरुले ज्ञापनपत्र हस्तान्तरण गर्दै रेक्टर नियुक्ति र स्ववियुको कार्यतालिका तत्काल घोषणा गर्न माग गरेका छन् ।

नेविसंघका नेता भुवन भट्टले संघका तर्फबाट तयार गरिएको ज्ञापनपत्र वाचन गरेर सुनाएका थिए । ज्ञापनपत्रमा निमित्त रेक्टरकै भरमा स्ववियु निर्वाचन घोषणा गर्नु विद्यार्थीलाई झुक्याउने र स्ववियु निर्वाचन नगराउने खेल भएको आरोप लगाइएको छ । फागुन १४ गते गर्ने घोषणा भएपनि विश्वविद्यालय गम्भीर नदेखिएको भन्दे ज्ञापनपत्रमा स्ववियु निर्वाचनको प्रमुख आयुक्त रहने शिक्षाध्यक्ष तथा रेक्टर पद रिक्त राखेर निमित्त रेक्टरको भरमा तयारी गरिएको भन्दै आपत्ती जनाइएको छ ।

“स्ववियुको सुनिश्चितताका लागि विश्वविद्यालयले तत्काल सक्षम व्यक्तिलाई रेक्टर नियुक्त गरि स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नेविसंघ जोडदार माग गर्दछ,” ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू