अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

बेल्जियमकी राजकुमारी अस्त्रिद नेपाल भ्रमणमा

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:१२ मा प्रकाशित

सात दिने भ्रमणका क्रममा बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद नेपाल आउनुभएको छ । उहाँ जनवरी १९ देखि २५ तारिखसम्मको नेपाल भ्रमणमा रहनुहुनेछ ।

आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुग्नुभएकी उहाँले नेपाल भ्रमणका क्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

अस्त्रिदले कैलाली, नवलपरासी र चितवनको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू