अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

आस्थालाई गायक राजेशपायल राईको सुझाव– ‘आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ’

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०३ मा प्रकाशित

गायक राजेशपायल राईले गायिका आस्था राउत र महिला प्रहरीबीच भएको विवादबारेमा बोल्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा भएको विवादपछि आस्थाको चर्को आलोचना भइरहेको अवस्थामा गायक राईले आस्थालाई कलाकारले इज्जत ठाउँमा राख्नुपर्ने सुझाव दिनुभएको हो ।

विमानस्थलको टर्मिलनमा प्रहरीले गायिका राउतलाई चेकजाँचका लागि ज्याकेट खोल्न भनेपछि आस्था र प्रहरीबिच भनाभन भएको थियो। आस्थाले त्यही दिन फेसबुकबाट लाइभ गर्दै प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी थिइन्। प्रहरी संगठनलाई गाली गरेर अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भए आस्थालाई कारबाही हुने प्रहरीले जनाएको छ।

यहीबीचमा आस्थाले रुँदै आफूबाट दुई, चार शब्द गलत बोलिएकोमा रुँदै माफी पनि मागेकी थिइन् । गायक राजेश पायल राईले उनलाई रुन्चे नबन भन्दै फेसबुक पेजमा सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू