अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

प्रदेश नं २ का मुख्यमन्त्रीको तस्बिरमा जुत्ता प्रहार, चारजना पक्राउ

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:५० मा प्रकाशित

भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्री देखि मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्रवार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपभोक्ता समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए । उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय