अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रशासनको आदेश

बिआरटीनेपाल २०७६ माघ २ गते ०:३९ मा प्रकाशित

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गिरीले प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिनुभएको थियो ।पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाउनु भएको थियो ।

अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उहाको निवासमा पुगेपनि उहा भने नभेटिएको प्रहरीले जनाएको छ ।यता, गिरी विरुद्ध प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा उजुरी हाल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू