अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

स्वस्थानी व्रतकथा सुरु

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३५ मा प्रकाशित

श्री स्वस्थानी व्रत कथा शुक्रबारदेखि सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सुरु भएको हो ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रतका अवसरमा शालीनदीमा मेला लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू