अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

बामपन्थी नेता मोहनविक्रम सिंह सार्वजनिक, पार्टी भने अझै भूमिगत

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:१६ मा प्रकाशित

बामपन्थी नेता मोहनविक्रम सिंह आज सार्वजनिक हुनुभएको छ । मुलुकमा गणतन्त्र आएको १२ वर्ष भइसक्दा पनि अर्धभूमिगत अवस्थामै रहनु भएका नेता सिंह बुधबार दिउँसो काठमाडौंमा सार्वजनिक हुनुभएको हो ।

मुलुकमा जनताको जनजीविका, राष्ट्रियता र स्वाभिमान जोगाउनका लागि जनतालाई सचेत बनाउने जिम्मेवारीका साथ आफू सार्वजनिक भएको उहाँले बताउनुभयो । आफू सार्वजनिक भएपनि कम्युनिष्ट आन्दोलनको सफलता पूरा नभइसकेकाले पार्टी भने अझै भूमिगत नै रहने उहाँले जानकारी दिनुभयो ।

वर्तमान सरकारले गणतन्त्र, धर्मनिरपेक्षताका विषयमा उचित अडान लिएको भएपनि संघीयता र वैदेशिक हस्तक्षेपविरुद्ध शसक्त कार्य गर्न नसकेको उहाँको गुनासो छ । सिंहले नेपाल कम्युनिष्ट पार्टी मशालको नेतृत्व गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू