अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

जनकपुरमा मेयरको अगुवाइमा एक दर्जन पत्रकार कुटिए

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:३१ मा प्रकाशित

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ । मंगलबार मेयर साहकै अगुवाइमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका पत्रकारहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट पाँचजना पत्रकारलाई सामान्य चोट लागेको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयमा कुरा गर्न मेयर कार्यालयमा गएका दुई पत्रकारसँग मेयर साहको भनाभन भएको थियो । भनाभन सुरु भएपछि त्यहाँ गएका अरु १० जना पत्रकारलाईसमेत मेयर साहका सहयोगीले कुटपिट गरेका हुन् ।

प्रतिक्रिया