अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

२ हजार ३ सय नेपालीका लागि जापानमा रोजगरीको अवसर, भाषा परिक्षा संचालन हुँदै

बिआरटीनेपाल २०७६ पुष २० गते ८:२१ मा प्रकाशित

जापानले नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय गरी कुल २ हजार ३ सय जानले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन सूचना सार्वजनिक छ ।

जनवरीमा ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा र मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा परीक्षाको मिति तोकिएको हो । जापानले यसअघि कात्तिकमा सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए ।

परीक्षा शुल्क भने २ हजार ५ सय रुपैयाँ तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ । स्क्रिप्ट, भोक्याबुलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २५० पूर्णाङ्कको परीक्षामा २ सय अंक आए उत्तीर्ण गराइने सूचनामा उल्लेख छ ।

परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ । परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्यूनतम् योग्यता तोकिएको छ ।

E6NDEE

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू