अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

प्रहरीद्धारा हवाईफायर गरेर ४ गाँजा तस्कर पक्राउ

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:१९ मा प्रकाशित

प्रहरीले पुर्वपश्चिम राजमार्गमा हवाईफायर गरेर ५३ केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको राक्सिराङ गाउँपालिका—५ का ३५ वर्षीय राजकुमार मोक्तान छन् ।

पुर्व पश्चिम राजमार्गको सडक खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका—१५ स्थित रातोमाटे चेक प्वाईन्टबाट ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू